काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९३ अङ्कले घटेको छ । यससँगै नेप्से परिसूचक २०७७.७८ बिन्दुमा आइपुगेको छ । यससँगै साताको कारोबारको ५ दिनमध्ये ३ दिन घटेर तथा २ दिन बढेर बजार बन्द भएको छ ।
यो साताको आइतबार र मंगलबार नेप्से परिसूचक बढेको थियो । यसबाहेक सोमबार, बुधबार र बिहीबार परिसूचक घट्यो । आज बिहीबार ०.०९ प्रतिशतले सूचक घट्दा १०१ कम्पनीको मूल्य बढेको छ । यस्तै १३५ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य भने घटबढ भएको छैन ।
यस क्रममा २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल र मध्य सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो । यस्तै बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज माई खोला हाइड्रोपावरको सेयर मूल्य भने ६.४० प्रतिशतले घटेको छ । परिसूचकमा सामान्य गिरावट आउँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ बराबरको ८८ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको १८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै आज कारोबार भएका १३ वटा समूहमध्ये ५ वटा समूहको सूचक बढेको छ ।
होटल र पर्यटन, जलविद्युत, हाइड्रोपावर, लगानी, लघुवित्त र व्यापार समूहको सूचक बढेको हो । यसबाहेक सबै समूहको सूचक घटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
नेप्से ४ अंकले घट्यो, कारोबार साढे ५ अर्बमा सीमित