दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ११ : ५९
दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । 

काठमाडौँ-दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरूको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । शव नजिकै बागमती प्र ०३-०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए । 

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उनले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका बताए । प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका-५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस