एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, १० : १९
एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन

सुनसरी। नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ ।

नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

खनाल नेकपा एमाले सुनसरीको पन्ध्र दिन अघि भएको आठौँ अधिवेशनबाट सुनसरी जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।

लामो समयदेखि जन्डिसका बिमारी खनाल भारतमा उपचार गराउँदै आउनु भएको थियो । खनालका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस