मोदीको शपथ शनिबार, नेपालसहित यी देशलाई निमन्त्रणा पठाउने तयारी

एजेन्सी

विहीबार, २४ जेठ २०८१, ०७ : ५३
मोदीको शपथ शनिबार, नेपालसहित यी देशलाई निमन्त्रणा पठाउने तयारी

एजेन्सी । भारतमा भर्खरै सम्पन्न १८औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएले बहुमत ल्याएको छ। 

२९३ सिट जितेको एनडीएले बुधबार कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चुनिसकेको छ। एनडीएमा आबद्ध सबै दलले मोदीलाई समर्थन पत्र बुझाइसकेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार अब मोदीले लगातार तेस्रो कार्यकालका लागि यही जुन ८ का दिन प्रधानमन्त्री पदको शपथ लिने सम्भावना छ। 

यसैबीच शपथ समारोहलाई भव्य बनाउन तयारी भइरहेको छ। शपथ समारोहमा नेपालसहित बंगलादेश, श्रीलंका, भुटान र मौरिससका सरकार प्रमुखलाई बोलाउने सम्भावना छ। 

औपचारिक निमन्त्रणा भने आज (बिहीबार) पठाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मोदीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोनमा कुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस