रफाह । गाजामा हमासले बन्धक बनाएका थप ४ जना बन्धकको मृत्यु भएको छ । दक्षिण गाजाको खान युनिसमा इजरायली कारबाहीको क्रममा ती चार जनाको मृत्यु भएको इजरायली सेनाले बताएको छ । मृतकहरूमा ५१ वर्षिय बेलायती–इजरायली नागरिक नादाभ पोप्पलवेल, ७९ वर्षका चेम पेरी, ८० वर्षका योराम मेत्ज्गेर र ८५ वर्षका आमिराम कूपर भएको बताइएको छ ।
खान युनिसमा आफूहरूले गरेको कारवाहीका क्रममा ती चार जना मारिएको अनुमान आफूहरूले गरेको आईडीएफका प्रवक्ता रियर एड्म ड्यानियल हागारीले भनेका छन्। सो मामिलामा उनले थप केही जानकारी दिएका छैनन् ।
नादाभ पोप्पलवेल अप्रिलमा भएको इजरायली आक्रमणमा परेर मरेको गएको महिना हमासले दाबी गरेको थियो । यस मामिलामा बेलायतको विदेश मन्त्रालयले पनि छानबिन गरिरहेको थियो । अहिलेसम्म उनको मृत्यु पुष्टि भएको थिएन । हमासले डिसेम्बरमा अन्य तीन जनाको भिडियो सार्वजनिक गरेको थियो ।
यी चारै जनालाई अक्टोबर ७ मा गाजा पट्टी नजिकको किबुत्जेसबाट अपहरण गरिएको थियो । दक्षिण इजरायलमा उक्त दिन गरेको आक्रमणमा हमासले करीब १ हजार २०० जनालाई मारेको थियो भने २५१ जनालाई अपहरण गरेको थियो ।
-नोभेम्बरमा एक हप्ता लामो युद्ध विरामको समयमा हमासले १०५ जना बन्धकलाई रिहा गरेको थियो । १२० जना बन्धकको अवस्था अज्ञात छ । यी मध्ये धेरैको मृत्यु भइसकेको हुन सक्ने इजरायली अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्य गर्न माग गर्दै गाजावासीहरू हमासविरुद्ध प्रदर्शनमा उत्रिए
गाजामा युद्ध फेरि सुरुः निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र
गाजामा भीषण आक्रमण, एकैदिन ४०० को मृत्यु