काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अर्थमन्त्री वर्षमान पुनसँग बजेट क्यालेन्डर माग गरेका छन् ।
क्यालेन्डर नै बनाएर बजेट कार्यान्वयनमा जान नसके प्रतिफल दिन नसक्ने उनको भनाइ छ । सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि बोल्दै उनले यस्तो बताएका हुन् ।
‘बजेट क्यालेन्डर एउटा निर्माण गरेर काम नगर्ने हो भने असारे विकास भनेर हामी जे चर्चा गरिरहेका छौं। त्यसको पुनरावृति हुने खतरा उत्तिकै छ’ सांसद सापकोटाले भने ।काम गर्नेलाई पुरस्कृत र नाक नगर्नेलाई दण्डित गर्ने गरी बजेट क्यालेन्डर बन्नुपर्ने उनको सुझाव छ ।
सांसद सापकोटा थप्छन्, ‘ठेक्का लगाउने कार्यालय, बजेट म्यानेर उहाँहरु सबैले राम्रोसँग अनुगमन र जवाफदेही भएर काम गरे पनि तलब पाक्ने, हुने नहुने जस्तो पनि छ । काम गरे पुरस्किृत हुने काम नगरे दण्डित हुने गरी हामीले बजेट क्यालेन्डर बनाएर जानुपर्ने आवश्यकता म देख्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ जेठ २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव
माओवादीले फेरि किन स्थगित गर्यो हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान ?
२५ करोड बरामद भएको घटनामा छानबिन समिति बनाउन माओवादीको माग
बाराबाट पुन: सुरु हुँदै माओवादीको तराई-मधेस जागरण अभियान
माओवादीको अभियान स्थगित, बिहीबारबाट सुरु हुने
माओवादी अभियान फेरि शुरु हुँदै, ७ र ८ गते मधेसका दुई जिल्लामा अभियान चल्ने