उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन सांसद लामाको माग

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, ११ : ४१
उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन सांसद लामाको माग

काठमाडौं । नेकपा एमालेका सांसद तारा लामा तामाङले उखु किसानलाई बाँकी रहेको अनुदानको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद लामाले कञ्चनपुरका ४०० भन्दा धेरै उखु किसानले भुक्तानी रकम पाउन नसकेको नले जानकारी गराए ।

‘नेपाल सरकारले उखु किसानहरुलाई प्रतिक्विन्टल ७० रुपैयाको दरले उपलब्ध गराउँदै आएको अनुदान रकम कार्यविधि भन्दापछि दर्ता भएका उखु किसानहरु कञ्चनपुरका करिब ४०० जनाले उखु किसानको अनुदान रकम छुट भएपछि जिल्ला उखु अनुदान समितिले ०८० भाद्र महिनादेखि नेपाल सरकारलाई उखुको अनुदान भुक्तानीका लागि माग गर्दै आएकोमा भुक्तानी नभएपनि पुनः ०८१ वैशाख ४ गते भुक्तानी समितिको बैठकबाट नेपाल सरकारसमक्ष माग गर्दै आएको र म स्वयं सो क्षेत्रकोको जनप्रतिनिधि भएको हुँदा यस संसद र सरकारसमक्ष माग गर्दै आएकोमा हालसम्म पनि अनुदार रकम भुक्रानी नभएको हुँद्या यथासिघ्र उखु किसानलाई अनुदान उपलब्ध गराउन जोडदार माग गर्दछु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस