काठमाडौँ । नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीमाथि कांग्रेस सांसदको दुर्व्यवहार र सभामुखप्रति गरेको व्यवहारले संसद्को गरिमा घटाएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद वैरागीले अध्यक्ष ओलीमाथि भौतिक आक्रमण गर्ने गरी आएको र अपशब्द बोल्ने काम भएको बताए । सांसद पौडेलले सदन कसले किन अवरुद्ध गर्यो ? के मागलाई लिएर अवरुद्ध भयो ? कति अवरुद्ध भए ? ती अवरुद्ध भएका बेला के के सदनमा उठ्नुपर्ने कुराहरू, जनताका उठाउनुपर्ने के के कुराहरू नोक्सान भए? भन्ने कुरा सबैले बुझेको बताए ।
उनले भने–‘हामीले सांसदका दृश्य हेर्यौँ, संसदमा नियम हुन्छ, कानुन हुन्छ, सभामुखले दिएको समयलाई दयाको भिखको समय चाहिँदैन भनेर सभामुखप्रति अपशब्द बोलेको पनि हामीले सुन्यौँ । यसले सदनको गरिमालाई कायम राख्यो कि बढायो, त्यो कुरालाई स्वमूल्याङ्कन गर्नुपर्ने विषय छ ।’
उनले अगाडि भने–‘त्यति मात्र होइन, सत्ता साझेदार दलको मुख्य नेतामाथि नै भौतिक आक्रमण गर्न आए जसरी अपशब्द बोल्ने काम पनि गरियो । यसले पनि हाम्रो सांसदलाई कतिको गरिमामय बनायो भन्ने विषयको पनि हामीले लेखाजोखा गर्नु नै पर्नेछ ।’
कांग्रेसले संसद बन्धक बनाएका बेला देशभरी आगलागी भएको र आफ्नो निर्वाचन क्षेत्रमा आगोबाट भएको क्षतिको कुरा संसदमा राख्न नपाएको सांसद वैरागीले गुनासो गरे । धेरै बाटोघाटो नबनेको, बिरामीको उपचार नभएको कुरा बोल्न नपाएको, सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न नपाएको विषयले पोलिरहेको बताए ।
उनले सहकारीमाथि धेरै समस्या भएपनि केही सहकारीमाथि मात्र छानविनका लागि समिति बनाएको र अन्य सहकारीका बारेमा गम्भीर हुने कि नहुने भन्दै प्रश्न गरे । एउटा मान्छेको नाममा अल्झिएर संसद अवरुद्ध भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
‘दुर्गा प्रसाईँ पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ’: एमाले