श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, १४ : १८
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा शुरू गरिएको बताएका छन् ।​जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा मेलाको आज शुभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे ।

उनले भने, 'श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान शुरू गरिएको हो । सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्‍याउँदछ ।'सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस