सर्वदलीय छलफलबाट राजनीतिक निकास निस्किन्छ : मन्त्री अर्याल

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, १६ : ०६
सर्वदलीय छलफलबाट राजनीतिक निकास निस्किन्छ : मन्त्री अर्याल

बाँके। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज बाँकेको कोहलपुर पुगेका उनले ​पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै निकास निकाल्न नसक्ने उनको भनाइ थियो ।

उनले संवादबाट गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गरे । सुसंस्कृत राजनीति गर्न भनेर आएको पार्टीले संसद्‌मा गरेको गतिविधि दुःखद भएको उनको भनाइ थियो ।मन्त्री अर्यालले वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका र जेलमा भएका नेपालीका विषयमा गहन अध्ययन हुन लागेको बताए ।

यस्तै, श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकका पक्षमा उद्धार, शव व्यवस्थापन, औषधि उपचार गर्न वैदेशिक रोजगार बोर्ड गठन उनले बताए ।

उनले श्रम स्वीकृति नलिई जाने कामदारका लागि मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी दिँदै उनले महिला कामदार विदेश जाने र असुरक्षा हुने विषय जटिल भएको बताए ।'वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत ठगी छ, यसलाई  योजना बनाएर काम गनुपर्छ', मन्त्री अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस