माओवादी सांसदलाई प्रचण्डको निर्देशन : एकढिक्का भएर बजेटको 'डिफेन्स' गरौँ

सफल खबर संवाददाता

शुक्रबार, १८ जेठ २०८१, १४ : ०१
माओवादी सांसदलाई प्रचण्डको निर्देशन : एकढिक्का भएर बजेटको 'डिफेन्स' गरौँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् ।  शुक्रवार सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र संसद्‌मा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै यस्तो निर्देशन दिएका हुन् । 

‘अहिले आएको बजेट जनमुखी छ । आशामुखी छ अब यसको कार्यान्वयनमा हामी सबैले जोड दिनुपर्छ । तपाईंहरुले पनि आआफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

त्यसक्रममा प्रधानमन्त्रीले समाजवादको आधार तयार पार्न उत्पादन वृद्धि र उत्पादकत्व वृद्धितर्फ बजेट ढल्किनु सकारात्मक भएको बताएका थिए । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटबारे ओरेन्टेशन दिदै कार्यान्वयनका लएका थिए ।  बजेटमाथि जेठ २० गतेबाट छलफल हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस