काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताएका छन् । वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् ।
‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । पार्टीका नेता, कार्यकर्ता, समाज र देश भ्रष्टाचारकै कारणले बिग्रेको छ’, उनले भने, ‘यसबाट हामी कसरी उन्मुक्ति पाउने ? कसरी जोगिने कुरामा ध्यान दिनुपर्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भ्रष्टाचार नियन्त्रण र उन्मुलन गर्ने कुरामा ध्यान दिएर देशको योजना बनाउनुपर्ने बताए । उनले यसका लागि लागि राजनीतिक यात्राका महत्त्वपूर्ण जिम्मेवारीप्राप्त व्यक्तिले राष्ट्र र जनतालाई केन्द्रबिन्दु बनाउनुपर्ने पनि बताए ।
‘देशको योजना बनाउँदा हावादारी बनाएर हुँदैन । अहिले मैले बजेटको एउटा पक्ष देखेँ, कृषिको सन्दर्भमा बजेटमा ल्याएका योजना सारै मन पर्यो’, नेता नेपालको भनाइ छ ।
उनले राष्ट्रिय राजनीति सञ्चालकहरुले विचार पुर्याएर, संवेदनशील भएर चल्न सकेमात्र यसो राष्ट्रिय राजनीतिका समस्या, अप्ठ्यारा र चुनौतीहरूको सामना गर्न सकिने पनि बताए ।
‘अध्ययन, अनुसन्धान र विश्लेषणपछि निष्कर्ष’, नेपालले भने,‘भोली के हुन्छ भन्ने आज सोच्नुपर्छ’, नेता नेपालको भनाइ छ । नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउन सबै लागि पर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनपछि पार्टीको गति बढ्यो : माधव नेपाल
पार्टी फुट्ने हल्लामा सत्यता छैन : माधव नेपाल
देश नबन्नुमा व्यक्तिवाद र भ्रष्टाचारी प्रवृत्ति : माधव नेपाल
प्रतिनिधिसभालाई आर्थिक विकासको केन्द्र बनाउनुपर्छ : अध्यक्ष नेपाल
वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल
एकीकृत समाजवादीमा सर्वसम्मत नेतृत्व चयन हुन्छ : माधव नेपाल