राजविराज । सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका १ पडरियाका १७ वर्षीय किशोरलाई आठ वर्षको कैद सजाय हने फैसला सुनाएको छ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार रुपैयाँ किशोरीलाई क्षतिपूर्ति दिनुपर्ने रु ३६ हजार तीन सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।
विद्यालय पढ्न गएकी किशोरी (परिवर्तित नाम-१६५)लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेवी होटलमा लगेर बलात्कार गरेका थिए। पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनः उजुरी दर्ता गरेको थियो।
आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए। जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ
२० वर्षीया युवतीमाथि बलात्कार र लुटपाट
भारतको पश्चिम बङ्गाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानून पारित
१५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुष पक्राउ
झापामा १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कारः ६ आरोपी पक्राउ, १ जना फरार