असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १५ : ४१
असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय

काठमाडौँ । असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ ।

पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका खोल्ने गरिएको थियो ।

Tags :  

प्रतिक्रिया दिनुहोस