पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सोहीअनुसार फैसलापछिको पत्र बुधबार गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो । सोमबार सर्वोच्चले कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । तर, प्रदेश प्रमुखको कार्यालयमा सर्वोच्चको पत्र नआइपुगेका कारण नियुक्ति र शपथमा ढिलाइ भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
सरकारी कामकाजको भाषासम्बन्धी विधेयकमाथि सुझाव लिइँदै
प्रदेशका स्वास्थ्य संस्थालाई अधिकार सम्पन्न बनाउन स्वास्थ्यमन्त्री पाठकको आग्रह
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता