काठमाडौं । दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।
इलाका प्रहरी aकार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिइन् । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।
दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् ।aप्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना
भारतमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते
भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
मकवानपुरको चुरियामाईमा बस दुर्घटना, १७ जना घाइते