काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको विपक्षी दलहरुको बैठक सुरु भएको छ । संसद भवनस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।
सरकारले आज बजेट ल्याउने तयारी गरेको सन्दर्भमा यसबारे समान धारणा बनाउन विपक्षी दलको बैठक बसेको हो । बजेट प्रस्तुत गर्न आज दिउसो एक बजे संयुक्त सदनको बैठक आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान बर्खास्ती प्रकरण : प्रतिनिधिसभामा विपक्षीको अवरोध
कुलमान बर्खास्तीको निर्णयविरुद्ध विपक्षी दलले संसदमा प्रतिरोध गर्ने
संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग
विपक्षी दलहरूको बैठक सुरु, साझा धारणा बनाउँदै
विपक्षी दलको बैठक बिहीबार फेरि बस्ने
सिंहदरवारमा विपक्षी दलको संयुक्त बैठक जारी