सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १४ जेठ २०८१, ११ : १४
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–६ का २६ वर्षीय सुकलाल घर्ती छन् ।

आइतबार बेलुका कपुरकोट गाउँपालिका–३ अरिङ्गाले फेदी भन्ने स्थानको राप्त राजमार्गमा श्रीनगरतर्फ जाँदै गरेको रा १ ख १९१६ नम्बरको मालसामान बोकेको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको थियो ।

ट्रक सडकदेखि ३ मिटर तल खसेको सल्यान प्रहरीले जनाएको छ ।

यस्तै ट्रकका सहचालक बनगाड कुपिन्डे नगरपालिका–९ का २१ वर्षीय तेज बहादुर बुढाथोकी घाइते भएका छन् ।