सिरोहियालाई म्याद थपका लागि अदालतमा पेश गरिँदै

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, ११ : ३४
सिरोहियालाई म्याद थपका लागि अदालतमा पेश गरिँदै

काठमाडौँ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको म्याद आज सकिँदैछ । अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो ।

 उनलाई सोही राति स्थल मार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेश गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस