सहकारी ठगीमा गृहमन्त्री संलग्न छन्, उनले कुनै हालतमा उन्मुक्ति पाउनु हुन्न: शेखर कोइराला

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १४ : ०३
सहकारी ठगीमा गृहमन्त्री संलग्न छन्, उनले कुनै हालतमा उन्मुक्ति पाउनु हुन्न: शेखर कोइराला

काठमाडौं।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेकोमा द्विविधा नभएको भन्दै कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने बताएका छन् ।

नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा बिहीबार प्रेस युनियन कोशी प्रदेशले विराटनगरमा गरेको कार्यक्रममा कोइरालाले लामिछानेलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने बताएका हुन् ।

‘मैले अहिले हरेक मिडिया फलो गरिरहेको छु । सामाजिक संजाल पनि हेरिरहेको छु । गृहमन्त्रीको दुई पासपोर्ट र नागरिकता हुँदा लेखिरहनुभएको छैन । संसद्‌मा महासचिव पदमप्रसादको दुई नागरिकता  पासपोर्ट छन् ।

तर उहाँको केही हुँदैन । छानबिन हुँदैन ? संचारमाधयमले लेख्नुपर्छ । हामीले बोल्नुपर्छ’ शेखरले भने, ‘देशको कानु गृहमन्त्रीलाई लाग्दैन ? गृहमन्त्री भएको नाताले सहकारी ठगीमा उन्मुक्ति दिने ? यो हुन सक्दैन ।

सहकारी ठगीमा गृहमन्त्री संलग्न हुनुहुन्छ । यसबाट उहाँले उन्मुक्ति पाउने हुँदैन भन्नेमा कांग्रेसको प्रष्ट छ ।यसमा द्विविधा छैन । जसले बचउन खोज्छ पार्टी, दल र व्यक्ति भए पनि एक्सपोज गरेर जान्छौं ।’

मकै पोलेर, पानी र चिया बेचेर जम्मा गरेको पैसामा खुलेआम ठगी हुँदा चुप लागेर बस्न नसकिने शेखरले बताए । पछिल्लो कान्तिपुर प्रकरणले सरकारको निरंकुश चरित्र उजागर गरेको उनले बताए । ‘प्रधानमन्त्रीले पहिलो दिन कैलाश सिरोहियालाई समाएको थाहा छैन भन्नुभयो ।

हिजो मैले नै अर्डर गरेको भन्नुभयो समात्नलाई । यो दशमा के भइरहकेो छ ? सरकार छ कि छैन । यसरी नै देश चलाउने हो भने हामी कहाँ पुग्छौं ?’ शेखरले भने, ‘सरकार कसरी संचालन भएको छ ? यो गम्भीर छ । रोहियानागरिकको हिसाबले गडबड होला, गलत भए दण्ड पाउनुपर्छ । तर यो किन गरिएको छ । बुढी मरी भन्दा काल पल्कियो भन्ने समस्या छ । व्यक्ति कैलास केही होइन । अहिले कान्तिपुरलाई जसरी आक्रमण गरेको छ यो अनुचित छ ।’

प्रतिक्रिया दिनुहोस