धनगढी । कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० जेठ २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर मृत्यु हुने घटना बढेसँगै रौतहट प्रहरीद्वारा १० बुँदे सूचना जारी