चितवनको रत्ननगरमा ‘फ्रि वाइफाइ’ जोन

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०७५, १३ : १७
चितवनको रत्ननगरमा ‘फ्रि वाइफाइ’ जोन

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा फ्रि वाईफाई जोन सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले सौराहा, रत्ननगर बसपार्क, पिठूवाको पारिजात चोक, टाँडी चोक र श्रीकृष्ण प्रणामी मन्दिर (धर्मधाम) मा निःशुल्क वाइफाइ जडान गरेको हो । 

फ्रि वाईफाई जोनको उद्घाटन गर्दै  पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सूचना र प्रविधिले मानिसको जीवनलाई छिटो र छरितो पार्न मद्दत गर्ने बताउनु भयो । उहाँले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्न प्रयास गरेको भन्दै प्रशंसा समेत गर्नुभयो । 

रत्ननगर नगरपालिका प्रमुख नारायण वनले नगरपालिकालाई कागजविहिन कार्यालय बनाउनका लागि फ्रि वाईफाई जोन निर्माण गरिएको बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस