काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।
तरलता सुविधा उपयोगको लागि बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा राख्ने सरकारी ऋणपत्रको रोक्का सम्बन्धित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रोक्का गरी सो ब्यहोराको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन बैंकले भनेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले दैनिक तरलता सुविधा, ओभरनाइट तरलता सुविधा, रिपो, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा माग गर्दा सुरक्षणको लागि सरकारी ऋणपत्र धितोमा राख्ने गर्छन् ।यस्तो ऋणपत्र हाल सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हेर्ने हुँदा बैंकहरुको तरलता सुविधा प्रदान गर्ने केन्द्रीय बैंकले सोको सुरक्षण ग्यारेन्टी भएको पत्र माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको अध्ययन-कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
बैंकिङ प्रणालीबाट ८० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक