काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको तथ्याङ्कले व्यापार घाटा २.२६ प्रतिशत रहेको देखाएको छ ।
विभागका अनुसार १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । साउनदेखि वैशाखसम्म १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुपारी, केराउ र मरीचको आयात खुला
पेट्रोलियम पाइपलाइनबाट आयात सुरु
६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे आयात
९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान
वीरगञ्जबाट धान चामल आयात बढ्यो
चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोडको आयात