वीरगञ्ज । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व संकलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो ।
चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व संकलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुपारी, केराउ र मरीचको आयात खुला
पेट्रोलियम पाइपलाइनबाट आयात सुरु
६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे आयात
९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान
चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोडको आयात
बढ्यो पेट्रोल, ग्यास र हवाई इन्धनको आयात