काम गर्न नदिएपछि कानूनमै टेकेर सरकार अघि बढ्यो : डीपी अर्याल

सफल खबर संवाददाता

सोमबार, ०७ जेठ २०८१, १४ : १४
काम गर्न नदिएपछि कानूनमै टेकेर सरकार अघि बढ्यो : डीपी अर्याल

काठमाडौँ । रास्वपाका उपसभापति डीपी अर्यालले सरकारले भ्रष्टाचारको सबै फाइल खोल्ने दाबी गरेका छन् । श्रममन्त्री समेत रहेका अर्यालले प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिजो गृहमन्त्रीले खोल्नु मात्रै नभएर खुलेका फाइलहरूको पनि कुरा उठाएको बताए ।

उनले भने, ‘उहाँहरूले मागेजस्तो समिति बनाउन हाम्रो गृहमन्त्रीज्यूले स्पष्ट भनिसक्नुभएको छ । अब के चाहियो रु हामीलाई त लोकतान्त्रिक पार्टीहरूले हामी नयाँ आउनेहरूलाई केही सिकाउनुहुन्छ भन्ने लाग्थ्यो । तर, हामीले नचाहेको अवस्था आयो । यो हामी चाहँदैनथ्यौ । हामी काम गर्न आएको हौँ । सधैँ सदनमा रणभूमि गर्न आएका होइनौँ। काम त गर्नुपर्‍यो । त्यसैले लोकतान्त्रिक पद्धतिमा कानूनको धारामा टेकेर गरेको हो ।’

 

प्रतिक्रिया दिनुहोस