विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।मन्त्रिमण्डल विस्तारलगत्तै दिउँसो साढे ४ बजे शपथ ग्रहणका लागि खबर गरी सकिएको विनाविभागीय मन्त्री रामबहादुर राना मगरले बताए ।
उनका अनुसार एमालेले १ राज्यमन्त्रीसहित तीन जनाको नाम थप गर्ने भएको छ ।शुक्रबार एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री बनाउने सहमति भएको मन्त्री मगरले बताए । यस अघि पनि उनीहरू मन्त्री भएका थिए ।
यस्तै माओवादी केन्द्रले दुई मन्त्री र एक राज्य मन्त्रीलाई शपथ खुवाउने भएको छ । माओवादीबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगरलाई मन्त्री तथा वन्दना झाँगडलाई राज्यमन्त्रीमा नियुक्त तयार गरिएको छ ।
संविधानको धारा १६८ (५) अनुसार गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले मुख्यमन्त्री भएकै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई मन्त्री बनाएका थिए ।मन्त्रालयको भने टुङ्गो लागि नसकेको नेताहरूले बताएका छन् ।
अहिले दुवै दलका नेताहरू मन्त्रालय टुङ्गो लगाउन छलफल गरिरहेको जनाइएको छ ।दिउँसो ४:१५ बजे शपथका लागि तयारी हुन खबर आएको एमालेका लिलाबल्लभ अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय मर्जरमा हामीले सघाउनुपर्छ : मुख्यमन्त्री कार्की
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
जनताको पहिलो सरकार बर्दिवाला प्रहरी : मुख्यमन्त्री कार्की
कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ : मुख्यमन्त्री कार्की
किसानलाई दूधको ३२ करोड रुपैयाँ भुक्तानी दिलाउन मुख्यमन्त्रीको पहल