मस्को । रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ । रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड क्षेत्रमा छ वटा, ‘ब्ल्याक सि’मा छ वटा र क्रुक्स क्षेत्रमा एउटा ड्रोन नष्ट गरेको जनाएको छ ।
मस्कोस्थित रक्षामन्त्रालयले युक्रेनद्वारा गए राति गरिएको सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको दाबी गरेको छ । जुन रुसी सेनाले पछिल्लो १८ महिनामा अग्रस्थानमा रहेर प्राप्त गरेको ठूलो भू–भाग थियो ।
रुसले गत मे ९–१५ को अवधिमा दुई सय ७८ वर्ग किलोमिटर युक्रेनी भू–भाग नियन्त्रणमा लिन सफल भएको जनाएको छ । अध्ययन संस्थान (आइएसडब्ल्यू) काअनुसार सन् २०२२ को डिसेम्बरको मध्यदेखि हालसम्म गरिएका आक्रमणमध्ये एउटै आक्रमणबाट प्राप्त ठूलो भू–भाग हो । रासस
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ जेठ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
युक्रेनले तेल भण्डारणमा आक्रमण गरेको रुसको आरोप
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति