काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । प्युठान, नौबहिनी गाउँपालिका-६ निउरा बस्ने २८ वर्षीय सन्तोष दमाइको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेत जोत्ने क्रममा बिजुलीको पोललाई अड्याउनको लागि गाडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी, लोहारपट्टी नगरपालिका-४ बस्ने विमल कापरको छोरा ७ वर्षीय आशिक कापरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित विवाहको लागि तयार गरिएको साउण्ड सिस्टमको माइकमा बोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
झापा, कनकाई नगरपालिका-२ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, घोराही उपमहानगरपालिका-३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर प्युठान माण्डबी गाउँपालिका-२ तिराम बस्ने २४ वर्षीय श्याम नेपालीको आइतबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर बुवाको मृत्यु, छोरा गम्भीर घाइते
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर मृत्यु हुने घटना बढेसँगै रौतहट प्रहरीद्वारा १० बुँदे सूचना जारी