चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगर नारायणगढस्थित भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर–११ बस्ने दिलिप गुप्ताको छोरा युवराज गुप्ताको आइतवार मृत्यु भएको हो ।
स्कुलको कक्षामा खेलिरहेका युवराज आइतवार दिउँसो ११ः५५ बजे अचानक बेहोस भएपछि उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा आइतवार दिउँसो १२ः२८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार
भरतपुरमा नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
घरको छतमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु