घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, ३१ बैशाख २०८१, ११ : ००
घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस