काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
यहि असोज ५ गते बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार डिआइजीबाट एआइजीमा बढुवा भएका डिआइजीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । दज्र्यानी चिह्न प्रदान गरेसँगै पदस्थापन समेत गरिएको छ ।
कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य÷अपराध अनुसन्धान विभाग, राईलाई प्रहरी प्रधान कार्यालय मानवस्रोत÷प्रशासन विभाग र बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको हो ।
सो अवसरमा महानिरीक्षक खनालले बढुवापछिको सङ्गठनलाई योगदान अझै बढी हुने भएकाले नेतृत्व, निर्णय क्षमता, साङ्गठनीक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप क्षमताको राम्रो प्रदर्शन गरी महत्वपूर्ण ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सकारात्मक सोच, सङ्गठनको नीति र कानूनसम्मत काम गर्नुपर्ने बताउँदै नीति विपरीत कार्यमा सङ्लग्न जोकोहीलाई कारबाही गरिने स्पष्ट पार्नुभयो । महानिरीक्षक खनालले सङ्गठनलाई नयाँ उचाइमा पु¥याउन सबैले जिम्मेवारी बोध र असल आचरणका साथ अगाडि बढ्दै सङ्गठन सुधारमा अतुलनीय योगदान प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले पदोन्नतिको क्षणमा राष्ट्र, सङ्गठन र नागरिकप्रति अझ बढी सेवा गर्ने उत्साह बढेको बताउनुभयो । उहाँले सङ्गठनको हित र श्रीवृद्धिका लागि पूर्ण व्यवसायिक र थप जिम्मेवार भई दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस
प्रतिक्रिया दिनुहोस