काठमाडौं। माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय बैठकले सरकारमा पार्टी सहभागीतालाई निरन्तरता दिने निर्णय गरेको हो। मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
‘आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौं। आज हामी सरकारमा छौं । सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ,' उनले भने।
त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसद्मा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ। बैठकमा नेताहरूले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एस केन्द्रीय कमिटी बैठक: महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु
नेकपा एसको पोलिटब्युरो समितिको बैठक आज बस्दै
बझाङ उपनिर्वाचन : नेकपा एसले गर्यो मनोनयन दर्ता
नेकपा एसमा १७५ सदस्यीय केन्द्रीय समिति र ७० वर्षे उमेरहद नराख्ने प्रस्ताव
नेकपा एसले विधान संशोधन गर्न कार्यकर्ता तहबाट सुझाव लिने
राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न नेकपा एसको बैठक बस्दै