काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७, बाट ३६ किलो गाँजासहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश–३, का २३ वर्षीय राजेन्द्र घिसिङ, कैलाश–४, २७ वर्षीय विवेक प्रजा र हेटौडा उपमहानगरपालिका–१८, बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका प्रहरीले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुन्जमा निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले शंका लागी सोधपुछ गर्दा उनीहरूको साथबाट सो परिमाणमा गाँजा बरामद भएको हो ।
नाङ्लो र नाङ्लोमाथि कालो प्लाष्टिकको झोलामा बोराले बेरेको पोका बनाएर गाँजा बोकेर हिँडेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्य गर्न माग गर्दै गाजावासीहरू हमासविरुद्ध प्रदर्शनमा उत्रिए
गाजामा युद्ध फेरि सुरुः निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र
गाजामा भीषण आक्रमण, एकैदिन ४०० को मृत्यु