काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका छन् ।
शनिबार राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौँको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् ।
गृहमन्त्री लेखकले सुरक्षा निकायका अधिकारीसहित तीनकुनेमा भएको आगजनी, बिभिन्न सञ्चारगृहमा भएको तोडफोडका साथै नेकपा एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका थिए ।
उनले शुक्रबार भएको घटनाको राजनीतिक आदर्श, मूल्यमान्यतासँग कुनै साइनो नरहेको उल्लेख गरे । राजावादीले छानिछानी आगजनी, तोडफोड र लुटपाटको नियोजित घटना घटाएकाले दोषीलाई कारबाही गर्ने उनले बताए ।
शुक्रबार राजावादीहरुले काडमाडौँका बिभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाट गरेका थिए । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री
‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री
गृहमन्त्री लेखकले गरे आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री लेखक
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक