एजेन्सी । इजरायल-हमास युद्धका कारण क्षतिग्रस्त भएको गाजा सहरमा हजारौँ प्यालेस्टाइनी नागरिकहरूले लगातार दोस्रो दिन शान्तिपूर्ण जनप्रदर्शनमा भाग लिएका छन् ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार प्रदर्शनमा भाग लिएका प्यालेस्टाइनी प्रदर्शनकारीहरूले १७ महिनादेखि जारी इजरायलसँगको युद्ध अन्त्य गर्न माग गर्दै हमासविरुद्ध नाराबाजी गरेका हुन् । सार्वजनिक रूपमा प्यालेस्टाइनी नागरिकहरूले हमासविरुद्ध नाराबाजी गर्ने कार्य दुर्लभ र असाधारण मानिन्छ ।
ती प्रदर्शनहरू मुख्यतः गाजाको उत्तरी भेगमा केन्द्रित भएको बताइएको छ ।
एपीका अनुसार गाजाको बीत लाहियामा मंगलबारदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा बुधबार पनि लगभग ३,००० जनाले सहभागिता जनाएको बताइएको छ ।
गाजा सहरको ध्वस्त शिजायाहमा पनि दर्जनौँ पुरुष प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले "हमास, गेट आउट!" भनेर नारा लगाएका थिए ।
शुरुमा केही दर्जन मानिसहरूले गरेको युद्धविरोधी प्रदर्शन थियो, तर पछि २,००० भन्दा बढी मानिसहरू सामेल भई हमासविरुद्ध नारा लगाउन थालेको समाचार संस्था एपीले उल्लेख गरेको छ ।
हमासले यसअघिका प्रदर्शनहरूमा हिंसात्मक दमन गरे पनि यस पटक भने खुला हस्तक्षेप नभएको एपीले उल्लेख गरेको छ। तर हमासका वरिष्ठ अधिकारी बासेम नाइमले फेसबुकमा लेख्दै जनतालाई प्रदर्शन गर्ने अधिकार रहेको तर उनीहरूको ध्यान इजरायलमा केन्द्रित हुनुपर्ने राय व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ चैत्र २०८१, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा युद्ध फेरि सुरुः निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र
गाजामा भीषण आक्रमण, एकैदिन ४०० को मृत्यु
गाजामा इजरायलले फेरि किन थाल्यो आक्रमण ? अब के होला बन्धकको भविष्य ?