एजेन्सी । इजरायलले गाजामा भीषण आक्रमण गरेको छ । इसरायली आक्रमणबाट गाजामा एकैदिन ४०० जनाको मृत्यु भएको अलजजीराले जनाएको छ । समाचारअनुसार यो गाजामा युद्धविराम शुरू भएयताकै ठूलो आक्रमण हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इसरायलले गाजाको उत्तरदेखि दक्षिणसम्मका घरहरू र पाल टाँगिएका शिविरहरूमा आक्रमण गरेको हो । प्रत्यक्षदर्शीहरूले मंगलबार राति इजरायली विमानले गाजा शहरमा मिसाइल प्रहार गरेको बताएका छन् । 'त्यो नर्कको रात थियो। युद्धको पहिलो दिन जस्तै महसुस भयो,' गाजाकी ६५ वर्षीया रबिहा जमालले रोयटर्ससँग भनेकी छन् ।
इसरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम लम्ब्याउन अस्वीकार गरेका कारण आफूले आक्रमण गर्न निर्देशन दिएको बताएका छन् । उनले गाजाका नागरिकहरूलाई सुरक्षित स्थानमा जान पनि निर्देशन दिएका छन् । 'इसरायलले हमासविरूद्ध अझै सशक्त ढंगले आक्रमण गर्नेछ। अब युद्धविराम र शान्तिको वार्ता सामान्य अवस्थामा होइन आक्रमणकै बीच हुनेछ,' नेतन्याहूले भने । हमासले इसरायली प्रहारको महुसस गरिसकेको पनि नेतन्याहूले बताएका छन् । 'यो त केबल सुरूवात मात्रै हो,' उनले भने ।
इसरायल र हमासबीच गत जनवरीमा तीन चरणको युद्धविराम हुनेगरी गाजामा पहिलो चरणको युद्धविराम घोषणा भएको थियो । ४२ दिनपछि मध्यस्तकर्ताहरूले दोस्रो चरणको युद्धविरामका लागि सहमति जुटाउन सकेका छैनन् । गाजा युद्धविरामलाई अगाडि बढाउने सहमतिमा पुग्न वार्ता असफल भएको छ।
इजरायलले पहिलो चरणो युद्धविराम लम्ब्याउन आग्रह गरेको थियो । तर, हमासले भने दोस्रो चरणको युद्धविराम हुनुपर्ने माग राख्दै पहिलो चरणकै युद्धविराम लम्ब्याउने प्रस्तावलाई नकारिदिएको थियो ।
त्यसपछि इसरायलल गाजामा स-साना आक्रमण गर्दै आएको थियो । उसले गाजामा मानवीय सहायताका सामग्रीहरू बोकेर गएका ट्रकहरूलाई सिमानामै रोकिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ चैत्र २०८१, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र
गाजामा इजरायलले फेरि किन थाल्यो आक्रमण ? अब के होला बन्धकको भविष्य ?
इजरायली सेनाकाे आक्रमणबाट गाजा पट्टीमा ३४ प्यालेस्टिनी मारिए
सात सय २६ केजी गाँजा बरामद
धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद