उत्तरपुस्तिका हराएकोबारे छानबिन समितिले रिपोर्ट आयो

पत्रपत्रिकाबाट

सोमबार, २४ बैशाख २०८१, ०७ : ४४
उत्तरपुस्तिका हराएकोबारे छानबिन समितिले रिपोर्ट आयो

काठमाडौ । उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले गठन गरेको उच्चस्तरीय समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहितका कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । 

समितिले  उपकुलपति  प्राडा  केदारप्रसाद  रिजाललाई  बुझाएको  प्रतिवेदनमा  यस्तो  उल्लेख  गरिएको हो । उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न विश्वविद्यालयले  पूर्वरजिस्ट्रारसमेत  रहेका प्राडा  चन्स्मणि  पौडेलको  संयोजकत्वमा  गत  चैत  १५ गते तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

समितिले परीक्षा नियन्त्रक जोशीसहित परीक्षासँग सम्बन्धित २० जना कर्मचारीसँग बयान लिएको थियो । समितिका संयोजक पौडेलका अनुसार १३०  पृष्ठको  प्रतिवेदन  बुझाइएको  छ  । 

उनका  अनुसार  परीक्षा  सञ्चालनका  क्रममा  हदैसम्मको  लापर्बाही भएको देखिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस