पशुपतिको वनकालीमा ऐतिहासिक विशाल कोटी होम महायज्ञ हुने​​

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, १२ : ५७
पशुपतिको वनकालीमा ऐतिहासिक विशाल कोटी होम महायज्ञ हुने​​

काठमाडौं। पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम महायज्ञ सञ्चालन हुने भएको छ ।मानव सेवा फाउन्डेसन लगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा साउनमा हुने कोटी होम महायज्ञ महिना दिनसम्म चल्ने छ ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएको छ ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ । यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ ।यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस