काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
केही दिनयता संघीय राजधानी काठमाडौंसँगै देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेसपाले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
बढ्दो वायु प्रदूषण र यसले आमनागरिकमा ल्याएको स्वास्थ्य जटिलता; देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ ।पर्यावरणीय संकटबारे सरकारको एकदम कमजोर देखिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । बेलैमा रोकथामको निम्ति लिनुपर्ने पहलहरूमा सरकारको बेवास्ताप्रति खबरदारी गर्न प्रदर्शन गरिएको नेसपाकी नेतृ मानुषी यमी भट्टराईले बताइन् । स्वच्छ वातावरणको संवैधानिक मौलिक हक सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरुले ‘नेता बस्छन् एसीमा, जनता धूलोधूवाँमा’, ‘हाम्रो जंगलमा डढेलो हेर्दा कहाली लाग्छ, यस्तो अवस्थामा सरकार तिम्लाई निन्द्रा लाग्छ ?’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
हावाको गतिले घटायो वायु प्रदूषण
कहिले हट्छ काठमाडौँको वायु प्रदूषण ?
पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन