काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा राजनितीक परिबर्तन पछि पनि श्रमिक बर्गको हक,हित र संरक्षण हुन नसकेको बताएका छन् । पार्टी आबद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले नेपालको श्रम बजार बिस्तार हुनुको सट्टा सङ्कुचित भएको टिप्पणी गरे ।
सरकारको गलत निति र अदुरदर्शिताका कारण रोजगारीको अबसर श्रीजना हुन नसकेको र नेपाली युबाहरुले वैदेशिक रोजगारीको मुख ताक्नु पर्ने दुर्भाग्यपूर्ण अबस्था रहेको थापाको भनाई थियो । रेमिटेन्सको भरमा मुलुक चलाउनु पर्ने बिडम्बनापुर्ण अबस्था देशले ब्यहोर्नु परिरहेको भन्दै थापाले पछिल्लो समय राज्य प्रती जनताको भरोसा टुटेको समेत बताए । मजदुर बर्ग र उसको आश्रीत परिवारको शिक्षा ,स्वास्थमा सरकार गम्भीर हुनुपर्ने बताए ।
सम्मेलनको उद्घाटन सत्रमा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ ,ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष योगेन्द्र कुँवर , मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर , आईएलओका प्रतिनिधि सोलोमान राजबंशि लगायतले बोलेका थिए । टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको बन्द सत्रले ६ बुँदे प्रतिबद्धता पारित गरेको छ । सम्मेलनमा ५५ जिल्लाका प्रतिनिधिहरुको सहभागीता रहेको टुकोनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?