काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नेबारे नयाँ शिराबाट सोच्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार पार्टीको तराई मधेस र पूर्वाञ्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुरावस्थाबाट पार पाउन ठुलो छातीका साथ राष्ट्रवादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए ।
पद,प्रतिष्ठा, स्वार्थ र महत्त्वाकाङ्क्षालाई विसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।
वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दु राष्ट्र र राजाको लोकप्रियता बढिरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको समेत उल्लेख गरे ।
अहिलेको भ्रष्टतन्त्र र मनपरीलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
इलाममा पार्टी सङ्गठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभावले थोरै भोट आउनु स्वाभाविक भएको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
व्यवस्था र अवस्था बदल्न धक्का दिनुपर्ने समय आयो : कमल थापा
राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : अध्यक्ष थापा
संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ : कमल थापा
सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा
राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा