इपीएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने

पत्रपत्रिकाबाट

सोमबार, १७ बैशाख २०८१, ०७ : ४२
इपीएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने

काठमाडौ । रोजगार  अनुमति  प्रणाली  (इपिएस)  मार्फत  कोरिया  जान  भाषा  परीक्षा  उत्तीर्ण  गरेर  रोस्टरमा  रहेका युवाले आफ्नो सेवा क्षेत्र परिवर्तन गर्न सक्ने भएका छन् । 

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचनामार्फत कृषि तथा पशुुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जानकारी गराएको हो । 

सो  शाखाका  अनुसार  सेवा  क्षेत्रका  लागि  तत्काल  परीक्षा  नगर्ने  र  हाल  कृषि,  पशुपालन  र  उत्पादनमूलक  क्षेत्रमा  अन्तिम  चरणमा  छानिएर  रोस्टरमा  रहेका  नेपालीलाई  क्षेत्र  परिवर्तन  गरी  कोरिया जाने अवसर दिएको छ ।

शाखाको सूचनामा रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ तारिखभित्र वा आगामी पुस १५ गते समाप्त हुने भएकाले इच्छुक व्यक्तिले रोस्टर परिवर्तन गर्न सक्ने छन् ।

मानव संसाधन विभाग (एचआरडी) कोरियाले रोस्टर  परिवर्तन  गर्न  सक्नेको  नामावलीसहितको  तालिका बिहीबार पठाएको इपिएस कोरिया शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस