१ किलो ७६८ ग्राम सुन र करिब डेढ करोड रुपैयाँसहित ७ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १४ बैशाख २०८१, ११ : ३७
१ किलो ७६८ ग्राम सुन र करिब डेढ करोड रुपैयाँसहित ७ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा कार्यालयको टोलीले अवैध सुन, नगदसहित सात जनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट सुन जस्तो देखिने पहिलो धातु ९ थान, (तौल १ हजार ७६८ ग्राम) र १ करोड ४३ लाख ६० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो।

 

प्रतिक्रिया दिनुहोस