काठमाडौं। क्यानबेरा–अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.६ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।
तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) १ प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा ३.६ प्रतिशतले बढेको तथ्याङ्ले देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सीपीआईमा चार दशमलव १ प्रतिशतको वृद्धिबाट घटेको सङ्केत गर्दछ ।
एबीएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फीतिको सबैभन्दा महत्त्त्वपूर्ण चालकका रूपमा पहिचान गरेको छ ।मार्चको अन्त्यमा आवासको मूल्य २०२४ को प्रारम्भको तुलनामा ०.७ प्रतिशत र १२ महिनाअघिको तुलनामा ४.९ प्रतिशतले बढी थियो ।
एबीएसका मूल्य तथ्याङ्क प्रमुख मिचेल मार्कवार्टले आवासमा त्रैमासिक वृद्धि मुख्यतया भाडाद्वारा सञ्चालित भएको बताए । ‘राजधानीका शहरहरूमा कम रिक्ति दरहरूको आधारमा त्रैमासिकमा भाडाको मूल्य दुई दशमलव एक प्रतिशतले बढेको छ । हरेक १५ वर्षमा सबैभन्दा तीव्र दरमा भाडा बढ्दै गएको छ,’ उनले भने ।
तीन महिनाको अवधिमा शिक्षा खर्च ५.९ प्रतिशत र स्वास्थ्य खर्च २.८ प्रतिशतले बढेको छ । यसै अवधिमा मासु र समुद्री खानाको मूल्य ०.७ प्रतिशतले घटेको छ । यद्यपि गैर–मादक पदार्थ, फलफूल तथा तरकारीको मूल्य भने बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु