देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, ११ : १७
देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् । 

सभापति देउवाको आह्वानमा आकस्मिकरुपमा बैठक बसेको एक नेताले जानकारी दिए । काँग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर बैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो । 

बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । 

 

प्रतिक्रिया दिनुहोस