काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रवार बसेको बैठकमा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको छ ।
बैठकको प्रारम्भमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनले दमन गरेको बताएका थिए । साथै उनले केही नेता-कार्यकर्ता घाइते भए पनि समग्रमा प्रदर्शन सफल भएको बताए ।पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको उनको दाबी थियो ।
राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको बताउँदै उनले प्रदर्शनमा सहभागी सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक
निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
तीनकुने घटना- छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाको ध्यानाकर्षण, गृहमन्त्रीको राजीनामा माग