सियोल । दक्षिण कोरियाले दोस्रो सैन्य जासुस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ ।
स्वदेशी सैन्य जासुसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो ।
प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासुस उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुने बताएको छ ।
असअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । -(रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे