काठमाडौं । गणतन्त्र खारेजी र राजसंस्था पुन:स्थापनको मागसहित राप्रपाले आज भूपू सैनिकलाई सडकमा उतारेको छ । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा मार्चपास गरेको हो । सरकारलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको थियो ।
यही चैत २७ मा राप्रपाले काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । त्यसकै पूर्वसन्ध्यामा आज राप्रानिकट पेन्सनर सैनिकमा निकालिएको हो । भृकुटीमण्डपबाट सुरू भएको मार्चपासमा भूपू सैनिकहरू दौरासुरुवाल र ढाका टोपी लगाएर मार्चपासमा उत्रिका छन् । भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक परिक्रमा गरेको थियो ।
प्रदर्शनकारीले १६ वर्षे पेन्सन सुनिश्चित गर्नुपर्ने, राष्ट्रियता, सार्वभौमिकताको रक्षा गरिनुपर्ने, हिन्दू राष्ट्र, राजसंस्था पुन:स्थापनालगायतका प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै