पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आइतबार बिहान मात्रै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिएका थिए ।
अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।
मुख्यमन्त्री दाबीका लागि सभामुखको प्रयोग गर्नु असंवैधानिक भएको नेपाली कांग्रेसले बताएको छ । आइतबार अपराह्न मात्रै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोशी प्रदेशको नजीर स्मरण गराउँदै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । उनको पत्रमा असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
सरकारी कामकाजको भाषासम्बन्धी विधेयकमाथि सुझाव लिइँदै
प्रदेशका स्वास्थ्य संस्थालाई अधिकार सम्पन्न बनाउन स्वास्थ्यमन्त्री पाठकको आग्रह
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता